Popular Posts

Saturday, January 28, 2012

<<<<<<[गजल]>>>>>>>>>> आफ्नै कोठाबाट, यो कस्तो बतास आयो; चुल्ठो खोल्यौ कि तिमीले, हावामा सुवास आयो; रात अँधेरी थियो, तर म बेग्लै देख्छु; घुम्टो खोल्यौ कि कसो, यो कस्तो प्रकाश आयो; फुल्दछ फूल किन, थाह थिएन मलाई! भित्रियौ मनमा तिमी, सर्वत्र मधुमास आयो; ओठ कमाई राख, तिमी डेग सम्हाली राख; मभन्दा दह्रो गरी, मेरो वाहुपाश आयो; तिम्रो सौन्दर्य देख्दा, भुतुक्कै मरिसकेँथेँ लजाई मुख छोप्यौ, र मात्र सास आयो; केही अनुभव छैन मलाई माया-प्रीतीको! तिमी पर्खिबस्याछ्यौ यो कत्रो वित्यास आयो; जुदाई झुकायौ आँखा, खै केके भो’ कहाँकहाँ; मलाई थाहै नदिई आँधीझैँ निश्वास आयो आफ्नै कोठाबाट, यो कस्तो बतास आयो; चुल्ठो खोल्यौ कि तिमीले, हावामा सुवास आयो; रात अँधेरी थियो, तर म बेग्लै देख्छु; घुम्टो खोल्यौ कि कसो, यो कस्तो प्रकाश आयो;

No comments:

Post a Comment