Popular Posts

Friday, February 3, 2012

चोट देऊ यो मुटुमा ठाउँ अँझै बाँकी छ तिम्रै हातले लेखिएको नाउ अँझै बाँकी छ । निस्फिक्री खेले हुन्छ खुशी छु म पराजय मै तिम्रो पक्षको आखिरी एक दाउ अँझै बाँकी छ । तिम्ले जस्तै बिर्सन त कोशिस मैले गरेकै हुँ घरी-घरी बल्झी रहने घाउ अँझै बाँकी छ । अप्सरा झैं सिंगारिएर केको उत्सव मनायौ हिजो सप्तरंगी सिउँदोभरि फाउ अँझै बाँकी छ । जले सबै सपनाहरू उराठ भयो जिन्दगी अफसोच यी आँशुको तलाउ अँझै बाँकी छ । (((((((Raj Thapa)))))))

No comments:

Post a Comment