याद आउँदा अतितका ति अधुरा बात हरू । दोर्याइ तेर्याइ पढें तिम्रा चिठ्ठीका खात हरू । एक्लै एक्लै तड्पियेर निसासिंदा मैले, छट्पटिदैं काटें निस्पट अंधेरी रात हरू । टाढा भए पछि बल्ल थाहा हुदों रैछ, हुंदा साथ लागेका मायाँका ति मात हरू। छोडी गयैा निस्ठुरी पारी एक्लै आज, रहिरहे संझना भइ क्षणिक ति साथ हरू । टिलपिलाइ नयन बग्दछन् आंसु, हर्दै आफ्नै यि छुट्टियेका हात हरू ।
Popular Posts
Saturday, January 28, 2012
जिन्दगी हाँसेर जिउनु पर्छ भन्छन तर यहाँ जिन्दगीको अर्थ नै पाउन गाह्रो छ| जति हाँसेर जिउन खोज्यो त्यतिनै बाधा आउने रहेछ| कोही खुशीले रम्दा कोही दु:खसंगै आँशु पिएर बाँच्नु पर्ने रहेछ| कोहीको खुशी त कोहीको आँशु यो संसारकै रित रहेछ| जीवनमा जति संघर्ष गर्यों त्यतिनै झन् बढी बाधा आईपर्ने रहेछ| सायद जिन्दगीको परिभाषा येस्तई नै हो की भाग्यको खेल हो,,,
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment