Popular Posts

BHOJRAJ THAPA

उजाड भो जिन्दगी बाँच्न खोज्दै छु|
निराश भो जिन्दगी हाँस्न खोज्दै छु|
सारांगीको चुँड्या तार झैँ भो जिन्दगी,
जोडीन्छ की पुन कतै गाँस्न खोज्दै छु|
हात खुट्टा नचलेर लंगडो भो जिन्दगी,
बैसाखीको साहारामै नाच्न खोज्दै छु|
बिछोडले भरिएको राह्स भो जिन्दगी,
उक्खालेर पिडा जती मास्न खोज्दै छु|

1 comment: