Popular Posts

BHOJRAJ THAPA

<<<<<<[गजल]>>>>>>>>>>

आफ्नै कोठाबाट, यो कस्तो बतास आयो;
चुल्ठो खोल्यौ कि तिमीले, हावामा सुवास आयो;
रात अँधेरी थियो, तर म बेग्लै देख्छु;
घुम्टो खोल्यौ कि कसो, यो कस्तो प्रकाश आयो;
फुल्दछ फूल किन, थाह थिएन मलाई!
भित्रियौ मनमा तिमी, सर्वत्र मधुमास आयो;
ओठ कमाई राख, तिमी डेग सम्हाली राख;
मभन्दा दह्रो गरी, मेरो वाहुपाश आयो;
तिम्रो सौन्दर्य देख्दा, भुतुक्कै मरिसकेँथेँ
लजाई मुख छोप्यौ, र मात्र सास आयो;
केही अनुभव छैन मलाई माया-प्रीतीको!
तिमी पर्खिबस्याछ्यौ यो कत्रो वित्यास आयो;
जुदाई झुकायौ आँखा, खै केके भो’ कहाँकहाँ;
मलाई थाहै नदिई आँधीझैँ निश्वास आयो
आफ्नै कोठाबाट, यो कस्तो बतास आयो;
चुल्ठो खोल्यौ कि तिमीले, हावामा सुवास आयो;
रात अँधेरी थियो, तर म बेग्लै देख्छु;
घुम्टो खोल्यौ कि कसो, यो कस्तो प्रकाश आयो;