याद आउँदा अतितका ति अधुरा बात हरू । दोर्याइ तेर्याइ पढें तिम्रा चिठ्ठीका खात हरू । एक्लै एक्लै तड्पियेर निसासिंदा मैले, छट्पटिदैं काटें निस्पट अंधेरी रात हरू । टाढा भए पछि बल्ल थाहा हुदों रैछ, हुंदा साथ लागेका मायाँका ति मात हरू। छोडी गयैा निस्ठुरी पारी एक्लै आज, रहिरहे संझना भइ क्षणिक ति साथ हरू । टिलपिलाइ नयन बग्दछन् आंसु, हर्दै आफ्नै यि छुट्टियेका हात हरू ।
Popular Posts
Friday, January 27, 2012
न हिजो, न आज, न भोली छ मेरो!! चढाउन तिम्लाई, न डोली छ मेरो!!औशीको रात हुँ, म दुखको सागर हुँ हँसाउन तिम्लाई, न बोली छ मेरो!!न स्वप्न छ कुनै, न लक्ष्य छ केहि,तिम्रो प्यास मेट्ने, न खोली छ मेरो!!न हिजो, न आज, न भोली छ मेरो!!चढाउन तिम्लाई, न डोली छ मेरो!!सम्हालु कसोरी? म तिम्रो मायालाई,त्यो माया थाप्ने, न झोली छ मेरो!!न स्वप्न छ कुनै, न शान्त मन छ, उराठ जिन्दगी रंगिन बनाउने, न होली छ मेरो!!न हिजो, न आज, न भोली छ मेरो!!चढाउन तिम्लाई, न डोली छ मेरो!!
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment