याद आउँदा अतितका ति अधुरा बात हरू । दोर्याइ तेर्याइ पढें तिम्रा चिठ्ठीका खात हरू । एक्लै एक्लै तड्पियेर निसासिंदा मैले, छट्पटिदैं काटें निस्पट अंधेरी रात हरू । टाढा भए पछि बल्ल थाहा हुदों रैछ, हुंदा साथ लागेका मायाँका ति मात हरू। छोडी गयैा निस्ठुरी पारी एक्लै आज, रहिरहे संझना भइ क्षणिक ति साथ हरू । टिलपिलाइ नयन बग्दछन् आंसु, हर्दै आफ्नै यि छुट्टियेका हात हरू ।
Popular Posts
Thursday, March 29, 2012
ओईलीएको फुलबनी झर्छु जस्तो लाग्यो तड्पीएर विछोडमा मर्छु जस्तो लाग्यो वैगुनीलाई गुनैगुन्ले मार्नु पर्छ भन्छन् तर अचेल वैगुनीसँग डर्छु जस्तो लाग्यो अति भए खती हुन्छ भन्नु हुन्थ्यो बाले उपायमा केहि न केही गर्छु जस्तो लाग्यो मारे पाप पाले पुण्य मन्दिरको बस्ती छ त्याँ पुण्य बन्न काँसीतिरै सर्छु जस्तो लाग्यो लैजान्न म झुटोमाया लाऊनेलाई साथमा एक्लै मैले सातसमुन्द्र तर्छु जस्तो लाग्यो
हिजो अचेल रुन्छु कैलेकैले !! भावनामा तिमीलाई तुन्छु कैलेकैले कथाआफ्नै ब्यथाआफ्नै सुन्छु कैलेकैले!! कोइलीले गित गाऊछ एक्लै रनबन संगसंगै मपनि त हुन्छु कैलेकैले!! तिमी टाढा माया गाढा संधै हुन्छ किन सम्झनामा मनमा कुरा बुन्छु कैलेकैले!! साथी भनु सहयात्री जीन्दगीको तिमीलाई यस्तै यस्तै तनमा कुरा ऊन्छु कैलेकैले!! क्षितिज पारी तिम्रोमेरो बस्ति बनिदियो त्यसैलेत हिजो अचेल रुन्छु कैलेकैले!!
Monday, March 26, 2012
__________''तिम्रो राज''____________ बच्नु है सानु,त्यो पराईबाट,उस्का ति कु-दृष्टि बाट; पापी ति,नजरले तिमीलाई,हेर्न खोज्दैछ; तिम्रो त्यो सिउँदो अर्कैले भर्न खोज्दैछ; तर मेरो,मायामा पनि,कहॉ पो कमी छ-र सानु; अनयासै उ तिम्रो नजिक सर्न खोज्दैछ; तिम्रो त्यो सिउँदो,अर्कैले,भर्न खोज्दैछ; भन्देउ सानु,मेरो दिलमा,एक खास छ भेनेर; मलाई अतिनै माया गर्ने भोजराज छ भेनेर; बच्नु है सानु,त्यो पराईबाट,उस्का ति कु-दृष्टि बाट; पापी ति,नजरले तिमीलाई,हेर्न खोज्दैछ; तिम्रो त्यो सिउँदो अर्कैले भर्न खोज्दैछ;
Sunday, March 25, 2012
________________''मेरो राज''________________ तिमी हराउदां मुटु हराए जस्तै हुन्छ प्रिया...... कोमल मनले सम्झेर,तिमीलाई रून्छ प्रिया...... छट्टपटी मै बाच्नु पर्छ,एकै छिन बोली नसुन्दा; कि टाढा हुन खोज्दैछौ,मनले शंका बुन्छ प्रिया...... मलाई छोडि अन्तै नाता जोडे पछि पागल भए; पाईलाहरु अर्कै तिर मोडे पछि पागल भए; माया गर्ने मनलाई नै शिसा जस्तै ठान्यौ तिम्ले; टुक्रा टुक्रा पारी यो मन फोडे पछि पागल भए; मलाई छोडि अन्तै नाता जोडे पछि पागल भए; सगै जिउने मर्ने भनि खाएका ति कसमलाई; शङ्का मानि सम्बन्धलाई तोडे पछि पागल भए; मलाई छोडि अन्तै नाता जोडे पछि पागल भए; नछेक है मेरो बाटो भन्दै हात फालि गयौ; पराईले तिम्रो घुम्टो ओढे पछि पागल भए; मलाई छोडि अन्तै नाता जोडे पछि पागल भए; पौडिदै छु रात दिन पिडाको यो पोखरीमा; जिउदो लास झै बनाएर छोडे पछि पागल भए; मलाई छोडि अन्तै नाता जोडे पछि पागल भए; BY______________भोजराज______________ ________________दाङ्ग देउखूरी......
Subscribe to:
Posts (Atom)