याद आउँदा अतितका ति अधुरा बात हरू । दोर्याइ तेर्याइ पढें तिम्रा चिठ्ठीका खात हरू । एक्लै एक्लै तड्पियेर निसासिंदा मैले, छट्पटिदैं काटें निस्पट अंधेरी रात हरू । टाढा भए पछि बल्ल थाहा हुदों रैछ, हुंदा साथ लागेका मायाँका ति मात हरू। छोडी गयैा निस्ठुरी पारी एक्लै आज, रहिरहे संझना भइ क्षणिक ति साथ हरू । टिलपिलाइ नयन बग्दछन् आंसु, हर्दै आफ्नै यि छुट्टियेका हात हरू ।
Popular Posts
Thursday, March 29, 2012
हिजो अचेल रुन्छु कैलेकैले !! भावनामा तिमीलाई तुन्छु कैलेकैले कथाआफ्नै ब्यथाआफ्नै सुन्छु कैलेकैले!! कोइलीले गित गाऊछ एक्लै रनबन संगसंगै मपनि त हुन्छु कैलेकैले!! तिमी टाढा माया गाढा संधै हुन्छ किन सम्झनामा मनमा कुरा बुन्छु कैलेकैले!! साथी भनु सहयात्री जीन्दगीको तिमीलाई यस्तै यस्तै तनमा कुरा ऊन्छु कैलेकैले!! क्षितिज पारी तिम्रोमेरो बस्ति बनिदियो त्यसैलेत हिजो अचेल रुन्छु कैलेकैले!!
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment