Popular Posts

Sunday, March 25, 2012

________________''मेरो राज''________________ तिमी हराउदां मुटु हराए जस्तै हुन्छ प्रिया...... कोमल मनले सम्झेर,तिमीलाई रून्छ प्रिया...... छट्टपटी मै बाच्नु पर्छ,एकै छिन बोली नसुन्दा; कि टाढा हुन खोज्दैछौ,मनले शंका बुन्छ प्रिया...... मलाई छोडि अन्तै नाता जोडे पछि पागल भए; पाईलाहरु अर्कै तिर मोडे पछि पागल भए; माया गर्ने मनलाई नै शिसा जस्तै ठान्यौ तिम्ले; टुक्रा टुक्रा पारी यो मन फोडे पछि पागल भए; मलाई छोडि अन्तै नाता जोडे पछि पागल भए; सगै जिउने मर्ने भनि खाएका ति कसमलाई; शङ्का मानि सम्बन्धलाई तोडे पछि पागल भए; मलाई छोडि अन्तै नाता जोडे पछि पागल भए; नछेक है मेरो बाटो भन्दै हात फालि गयौ; पराईले तिम्रो घुम्टो ओढे पछि पागल भए; मलाई छोडि अन्तै नाता जोडे पछि पागल भए; पौडिदै छु रात दिन पिडाको यो पोखरीमा; जिउदो लास झै बनाएर छोडे पछि पागल भए; मलाई छोडि अन्तै नाता जोडे पछि पागल भए; BY______________भोजराज______________ ________________दाङ्ग देउखूरी......

No comments:

Post a Comment