Popular Posts

Thursday, March 29, 2012

ओईलीएको फुलबनी झर्छु जस्तो लाग्यो तड्पीएर विछोडमा मर्छु जस्तो लाग्यो वैगुनीलाई गुनैगुन्ले मार्नु पर्छ भन्छन् तर अचेल वैगुनीसँग डर्छु जस्तो लाग्यो अति भए खती हुन्छ भन्नु हुन्थ्यो बाले उपायमा केहि न केही गर्छु जस्तो लाग्यो मारे पाप पाले पुण्य मन्दिरको बस्ती छ त्याँ पुण्य बन्न काँसीतिरै सर्छु जस्तो लाग्यो लैजान्न म झुटोमाया लाऊनेलाई साथमा एक्लै मैले सातसमुन्द्र तर्छु जस्तो लाग्यो

No comments:

Post a Comment